धनुषा बम काण्डमा विप्लव समूहका प्रदेश संयोजक सहित तीन पक्राउ



जनकपुर : प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जानेगरी शुक्रबार मध्यराती भएको शक्तिशाली बम बिस्फोटनमा संलग्न रहेको आशंका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा प्रदेश २ संयोजक सीतादेवी महरा सहित ३ जना पक्राउ परेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको कडा निदैृशनसँगै अपराधीहरुको खोजीमा निस्केको प्रहरीले बम काण्डमा संलग्न रहेको आशंकामा विप्लव समूहका प्रदेश संयोजक महरा सहित केन्द्रीय सदस्य ललिता महरा र रामशोभित गाहालाई नियन्त्रणमा लिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित राजेश साहको घरको गेटमा बम झुण्ड्याउने व्यक्ति विप्लव नेकपाको हुनसक्ने आशंका सहित प्रहरीले उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

२ महिलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले बताए ।

शुक्रवार राति भएको बम बिस्फोटनमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्