छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलाञ्चोकको आज आयोजित पाँचौँ जिल्ला बाल भेलामा उनले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने बताए।

उनले अहिले पनि गाउँका कलेजहरु छोरीबुहारी पढ्ने थलो मात्रै भएको उल्लेख गरे। बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरुले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको मन्त्री बाँस्कोटाको भनाइ छ । – रासस

प्रतिक्रिया दिनुहोस्