टर्की चराको उत्पादनमा कमी



वीरगञ्ज : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् । खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् ।

सरकारी स्तरमा टर्की चराको उत्पादन गर्ने एकमात्र केन्द्रले स्रोत साधनको कमी तथा जनशक्तिको अभावको कारण मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेको प्राविधिक अधिकृत विकेद जिसीले बताए। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सो केन्द्रले एक लाख २५ हजार मूल्य बराबरको टर्की चरा बेचेका थिए ।

यस टर्की चराको मासुमा शीत भण्डारण कम हुने भएकाले यसको मासु बिरामीले पनि खाने हुने भएकाले यसको माग बढ्दै गएको छ । केन्द्रले सन् २००१ देखि टर्की चराको उत्पादन गर्दै आएको र यहाँबाट उत्पादित टर्की चरा व्यापारीले नेपाल अधिराज्यभर लाने गरेको छ ।

अहिले फार्मभित्र १५० वटा मासु टर्की रहेको छ । फागुनदेखि भदौ महिनासम्म टर्कीको चल्ला उत्पादन हुने गरेको केन्द्रका क्षेत्रीय प्रमुख केशवप्रसाद श्रेष्ठले बताए। कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको यो केन्द्रले विभिन्न प्रकारका धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ ।

यहाँबाट उत्पादित धानको मूल बीउ बजार भाउभन्दा कममा बिक्री हुने भएकाले किसान आकर्षित हुँदै आएका छन् । यहाँबाट उत्पादित मूल बीउले राम्रो उत्पादन दिने तथा सरकारी दरभाउमा बिक्री हुने गरेकाले किसान यसतर्फ आकर्षित भएका हुन् । फार्ममा ३० बिगाहा क्षेत्रफलमा धानको बीउ उत्पादन हुने गरेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्