खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई



विराटनगर :   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताए । 

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिए ।

 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताए। 

 

उनले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिलाए। मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वाताकूलित यातायातको व्यवस्था गरिने जानकारी दिए । 

 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्रविधिको विषयमा ज्ञान दिनुपर्ने बताए । प्रदेशमा माछा, बङ्गुरपालन तथा मसलाजस्ता नगदे बालीको उत्पादन र बजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलब्ध गराउने उनले बताए। 

 

प्रदेशका मुख्य सचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषिविज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिए ।

 सो कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपक्षी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगतरुपमा प्राविधिक सहयोग कृषकलाई उपलव्ध गराउने छ ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको