प्रधानमन्त्री ज्यू निर्मला पन्तको हत्यारा कहिलेसम्म पक्राउ पर्छन ?



काठमाडौं : प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मी थापा, मेरो तर्फबाट तपाईलाई सोध्न चाहान्छु निर्मला पन्तको हत्याराहरु घुमिरहेका छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न सकेन ? भविश्यमा यस्तो घटना नहोस भनेर सरकारले के सोचिरहेको छ ।सरकारबाट हामीले कस्तो सुरक्षाको अपेक्षा गर्ने ?

 

अंग्रेजी नया वर्ष अर्थात जनवरी १ तारिख मंगलबार नेपाल स्काउटले राजधानीम आयोजना गरेको ‘बालवालिकासंग प्रधानमन्त्री’ कार्यक्रममा साना वालवालिकाले शिक्षाका विषयमा एक दर्जन भन्दा बढी प्रश्न सोधेका थिए ।

 

निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा प्रश्न सोध्दा हलमा उपस्थित करिब ८ सय विद्यार्थीले ताली बजाएका थिए । प्रश्न सोध्नेबित्तिकै प्रधानमन्त्री भावुक हुँदै भने –'छोरीले सोधेको प्रश्न अत्यन्तै सान्दर्भिक छ । यो विषयमा देशमा मात्र होइन विदेशमा पनि ठूलो चर्चाको विषय बनेको छ ।' यसलाई केही राजनीतिक पार्टीले ठुलो मुद्धा बनाएकोमा प्रधानमन्त्रीले चित्त दुखाएका समाचारपत्रमा खवर छ ।

 

अत्यन्तै दुःखद यो घटना कहिल्यैपनि बिर्सन सकिदैन । म यो भन्न चाहन्छु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्नेछन । बलात्कारका घटना बेग्लै उपज हो, यो त मानविय क्रुरताको पराकाष्ठा हो । हामी यो घटनाको छानविन गरिरहेका छौ प्रधानमन्त्री ओलीले भने,' प्रहरीले हालसम्म भएका विभिन्न घटनाका ९५ प्रतिशत आरोपीलाई पक्राउ गरीसकेको छ ।'

प्रतिक्रिया दिनुहोस्