प्रधानमन्त्रीद्वारा शोक व्यक्त



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफुलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी गर्दै उनको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताएका छन्। – रासस

प्रतिक्रिया दिनुहोस्