‘ए’ डिभिजन लिग : बीबीसीलाई हराउँदै मछिन्द्रको विजयी सुरुवात



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले विजयी सुरुवात गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रले २ अंक मात्र पाएको छ ।

मछिन्द्रका विशाल राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैपा पाए । लिगमा भोली (आईतबार) कुनै खेल हुने छैन ।

प्रतिक्रिया दिनुहोस्