चितवन निकुञ्जमा प्लास्टिक प्रतिबन्ध



काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जमा प्लास्टिकका झोला र प्लास्टिकजन्य सामाग्री प्रयोगलाई प्रतिबन्ध गरिएको छ । वन तथा वातावरण मन्त्रालयले मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो ।

 

मन्त्रालय, निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय÷अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघ÷संस्थाको संयुक्त पहलमा विश्व सम्पदा सूचीमा सूचिकृत निकुञ्ज प्लास्टिक मुक्त घोषणा भएको हो । निकुञ्ज र निकुञ्जको सुरक्षामा खटिएको सेनासँगै अन्य संरक्षण साझेदार संस्थाले अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका वन मन्त्रालयले जनाएको छ ।

 

सबै किसिमका प्लास्टिका झोला प्रवेश र प्रयोगमा प्रतिबन्ध लगाइएको र पानी सहित अन्य खाद्यान्नका प्याकेट प्रयोग गरेपछि तोकिएको ठाउँमा बिर्सजन गर्न अनिवार्य गरिएको निकुञ्जले जनाएको छ । यस अघि सगरमाथा, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जस्ता संरिक्षत क्षेत्रमा पनि प्लास्टिकका झोला र सामग्री प्रयोगलाई कडाई गरेपनि अभियान पूर्ण रुपमा सफल बन्न नसकेको समाचारपत्रमा खवर छ ।

 

सगरमाथा प्रदुषण नियन्त्रण समितिले सगरमाथा निकुञ्जमा प्लास्टिक र अन्य फोहोर मैला संकलन अभियानलाई निरन्तरता दिएपनि अन्यत्रका संरक्षण क्षेत्रमा यस्तो अभियान प्रभावकारी बन्न नसकेको स्वयं वन मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्