सुदुरपश्चिम प्रदेश : उपलब्धि शून्य, सेवा सुविधामा ढुकटी रित्तिदैँ



धनगढी: प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सरकारका गतिविधिबारे जानकारी गराउन शुक्रबार मन्त्रालयकै सभाकक्षमा पत्रकार सम्मेलन गरे। उनले कानुन निर्माण, सैद्दान्तिक सहमति प्राप्त विधेयक संख्या, कार्यविधिलगायत विषयमा चर्चा गरे।

 

मन्त्रीले आफ्ना कुरा राखेपछि प्रदेश सरकारले १० महिनाको अवधिमा देखिनेगरी गरेका उपलब्धिबारे पत्रकारले प्रश्न गरे। प्रश्नको जवाफमा उनले भने, ‘प्रदेश सरकारले तुरन्तै देखिने गरी उल्लेख्य उपलब्धिका काम तीव्रताका साथ गर्ने आशा दिलाउन चाहन्छु।’

 

सरकारका प्रवक्तासमेत रहेका शाहले पत्रकार सम्मेलनमा दिएको यो जवाफले प्रदेश सरकारले अहिलेसम्म विकास र जनताले अनुभूत गर्ने कुनै काम गर्न नसकेको पुष्टि हुन्छ। गत फागुन ५ गते सुदूरपश्चिम प्रदेश सरकार गठन भएको नागरिकमा खवर छ ।

 

सरकारले यस अवधिमा गत वर्ष वैशाखमा चालु आर्थिक वर्ष ल्याएको संक्षिप्त बजेट गरेर दुई बजेट ल्याएको छ । यी बजेटवाट कुनै विकासको काम भएको छैन। गत बर्षको बजेट सम्याव्यता अध्ययनमा खर्च गरिने भनेर विकासका योजनामा छुट्याएको नै थिएन भने यस वर्षको विकास बजेट खर्च हुने सकेको छैन । गत वैशाखमा १ अर्ब २ करोड बराबरको बजेट ल्याइएको थियो। भने आर्थिक वर्ष २०७५/७६ का लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्