कोइरालाले गरे छिटो महाधिवेशन गर्न माग



विराटनगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्। पार्टी बलियो बनाउन धवेशन जरुरी रहेको कोइरालाले बताए ।

 

उनले भने, ‘जतिसक्दो चा“डो महाअधिवेशन नगरे पार्टी कमजोर हुन्छ।’ कोइरालाले २०७६ फागुन १४ गतेभित्रै पार्टीको महाअधिवेशन सम्पन्न गरिसक्नुपर्ने बताए । देश संघियतामा गइसकेको अवस्थामा पार्टी पुरानै पद्धतिले चल्न नसक्ने कोइरालाको भनाइ छ । उनले भने, ‘देश संघीयतामा गएपछि प्रदेश र स्थानीय तह बनेको छ। पार्टीको विधान पनि सोहीअनुसार परिमार्जन भइरहेको छ । स्थानीय तहहरू निर्माण हु“दा पुराना गाउ“पालिका गाभिएका छन्। नगरका वडाहरू पनि गाभिएका छन् । अहिले एउटै वडाका ३÷४ वटा अध्यक्ष कायम छन्।’

 

उनले लोकतान्त्रिक फोरमसँगको एकीकरणका कारण पार्टीका पदाधिकारीबीच पनि अन्योल देखिएको बताए । अहिले देखिएका सबै समस्या समाधानको उपाय भनेको जतिसक्दो छिटो महाअधिवेशन सम्पन्न गर्नु रहेको उनको भनाइ थियो । आगामी महाअधिवेशनमा पार्टी सभापतिमा उठ्नेबारे अहिलै घोषणा गर्ने बेला भइनसकेको कोइरालाले बताएका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्