
काठमाडौं : दुर्घटना हुँदा ठूला मान्छेहरुको मृत्यु भएपनि वालबच्चाहरु जिवितै रहने घटनाक्रमले देखाएका छन् ।
हो त्यस्तै घटना भएको छ आज बिहान सुनकोशी बस दुर्घटनामा । सबैको शरीर सिररिङ्ग हुने गरी भएको त्यो बस दुर्घटनामा एक वालिका मृत्युको मुखबाट जोगिएका छन् । तर उनले आमा गुमाउन पुगेकी छन् ।
आफ्नै बाबुले चलाएको गाडीमा आमाको काखमा बसेकी ती अबोध वालिका अहिले मातृविहिन मात्र बनेकी छैनन् । मातृवात्साल्य पनि सँगसँगै गुमाएकी छन् । बसको चालक रहेका बाबुको लापरबाहीकै कारण ब्रेक फेल भएको गाडी दुर्घटना हुँदा आमाको निधन हुन पुगेको छ भने बाबु फरार छन् ।
आमाको निधन र बाबु फरार भएपछि उनी अहिले पराईको काखमा बस्न बाध्य छिन । तर तिनलाई के थाहा ? नत उनलाई थाहा छ आमाको मृत्यु भएको न त बाबु फरार भएको ।
आज बिहान सुनकोशीको पाँचकिलोमा दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रु्बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत पाँचकिलो मोडकमा दुर्घटना हुँदा ती बालिकाको आमा सहित १४ जनाको ज्यान गएको थियो ।
भक्तपुर च्यामासिंहमा चल्ने बस कालिञ्चोकबाट फर्कदै गरेको रिजर्भ बसको ब्रेक फेल हुँदा यात्रुबस मोडबाट करिब ५ सय मिटर तल खसेको थियो ।