बाटो अवरुद्ध हुने भए पछि प्रहरीले भत्कायो दुर्गा पुजाको टेन्ट गेट



जनकपुरधाम : जनकपुरमा दुर्गा पूजाका लागि सार्वजनिक बाटो नै प्रभावित हुने गरी बनाइएको टेन्ट तथा गेट प्रहरीले उखेल्न लगाएको छ । 

 

जनकपुरको जिरोमाइलदेखि रामानन्द चोक जाने मुख्य सडक वशिष्ठ चोकमा दुर्गा भगवतीको पूजाका लागि बनाइएको बाँसका गेट धनुषा प्रहरीले हटाउन लगाएको हो ।

 

सडक फोडेर बनाइएको बाँसको गेटबारे मौखिक रुपमा उजुरी आएपछि स्थलगत रुपमा निरीक्षण गरेर बाँसको गेट खोल्न लगाएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

 

मुख्य सडक भएकाले आवतजावत गर्न समस्या हुने देखिएकोले सम्बन्धित निकायलाई भनी खोल्न लगाएको एसपी थपलियाले बताए ।

ठुला ठुला टेन्ट र बाँसका गेटहरु सड़क छेउमै भएकोले पूजाका बेला भीड़भाड़ बढेर जाम हुने अवस्था देखिएकाले प्रहरी प्रशासनले उक्त बाँसका गेट तथा टेन्ट हटाउन लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्