कैयौँको मृत्यु हुनेगरी लापरबाही गर्दा यसरी भयो विभत्स दुर्घटना



काठमाडौं : दोलखाबाट काठमाडौं आईरहेको तिर्थालु बोकेको बस सुनकोसीको पाँच किलोमा दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने १८ जना घाईते अवस्थामा विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यसरी बस दुर्घटना हुनुमा ड्राईभरको दोष देखिएको छ । ब्रेक फेल भएको गाडीलाई जबरजस्ती गुडाउन खोज्दा यो भयानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । बस दुर्घटनामा पर्नु अघि एक किलोमिटर माथि यात्रुरुहलाई पिसाव फेर्नको लागि रोकिएको थियो ।

त्यसै समय चालकले अर्का चालकलाई गाडीको ब्रेक फेल भएको बताएका थिए । तर यात्रुहरुलाई चाहि केही भनेका थिएनन् । खाडीचौर झरेर ब्रेक मर्मत गर्ने मनसायले चालकले ब्रेक फेल भएको बस गुडाए । जसका कारण यस्तो हुदयविदारक घटना हुन पुग्यो ।

सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालका अनुसार पनि बस दुर्घटना हुनुमा चालककै गल्ती देखिन्छ । अहिले बसका चालक फरार रहेका छन् । बसका चालक सुमन तामाङ अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

अहिले घाइते मध्ये ६ जनाको काठमाडौको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ भने ६ जना खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई विभिन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धार गरेका थिए ।

यता अहिले साझसम्म बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ । दुर्घटनामा परी गाडी चालक तामाङको श्रीमतीको समेत मृत्यु भएको छ । भने बच्चा सकुशल रहेका छन् ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ कि लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनको श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष ७ की सबना तामाङ,सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लीङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ । बाँकी दुइजनाको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल १४ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्रथामीक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र रिफर गरीएको सिन्धु सदावहार अस्पतालले जानकारी दिएको छ ।
आज आईतबार बिहान सुनकोशी पाँच किलोमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।

यसरी मृत्यु हुनेमा दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ कि लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनको श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष ७ की सबना तामाङ,सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लीङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ । त्यस्तै बाँकी दुइजनाको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल १४ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्रथामीक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र रिफर गरीएको सिन्धु सदावहार अस्पतालले जानकारी दिएको छ ।

मृतक सबैको पोष्मार्टमको लागि प्रथामीक स्वास्थ्य केन्द्र बाह्रविसे लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्