कांग्रेस र राजपा नेपालले संयुक्त आन्दोलन गर्ने



सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । आइतबार कांग्रेस र राजपा नेपालले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

उनीहरुले विभिन्न १३ बुँदे माग राख्दै मंसिर २९ गतेबाट पुस १ गतेसम्मका लागि विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । विरोध कार्यक्रम अन्तर्गत २९ गते स्थानीय जनप्रतिनिधिको धर्ना, ३० गते स्थानीय जनप्रतिनिधिबाट नगरपालिकाको मुल गेट घेराउ, १ गते अनिश्चितकालीन तालाबन्दी र अन्त्यमा विराध सभा गर्ने रहेका छन् ।

उनीहरु विभिन्न १३ बुँदे मागमा नगरपालिकामा भएका सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, नगरपालिकामा रहेका सबै सामानहरुको हिसाब सार्वजनिक गर्नुपर्ने तथा ठेक्कापट्टा र ठेकेदारका सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्