फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै सिजी कम्युनिकेशनद्वारा सर्वोच्चमा रिट


काठमाडौं : सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आज रिट दायर गरेको निवेदनमा नेपाल दूरसञ्चार प्राधिकरणले यही मङ्सिर १८ गते जारी गरेको फिक्वेन्सी बढाबढ (ललामी) रोक्न माग गरिएको हो ।

निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्न आदेशको माग गरिएको छ । सिजीले ९००, १,८०० र २,१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आफ्नो रहेको र फ्रिक्वेन्सी आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्नुपर्ने माग निवेदनमा गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर

वीरगन्ज– पर्साको सीमावर्ती क्षेत्रबाट छिपहरमाई गाउँपालिकाबाट अवैध रकम २२ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं– चीनको वुहान शहरबाट गत डिसेम्वरको अन्तिममा कोरोना भाइरसको संक्रमण फैलिँदा यतिसम्मको भयावह बन्छ भनेर

जनकपुरधामः धनुषामा लकडाउनको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । लामो समयदेखि हुँदै

काठमाडौंः कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकलाई सरकारले शुक्रबारदेखि उद्धार गरी नेपाल ल्याउने भएको

काठमाडौं : देशभर अहिलेसम्म २ लाख ९ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : आज थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट

काठमाडौंः उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको

जनकपुरधाम: धनुषामा राज्यमन्त्रीका एकजना सहयोगीसहित ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । आज

काठमाडौं : कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक र व्यावस्थापन महाशाखाका निर्देशकलाई मन्त्रालयमा