सुर्खेत: कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको च्याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर शशाङ्क मिश्रले जानकारी दिए।
काठमाडौंबाट सुर्खेत हुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले जानकारी दिए। रासस