सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट



भोजपुर: भोजपुरको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।  

 

छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।

 

कालाजारका रोगी फेला

भोजपुरमा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बनाउने तयारी गरिएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो ।

 

कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विषयमा मङ्गलबार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग शुरुआती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रममार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्