चोरी आरोपमा जनकपुरबाट तीन पक्राउ



जनकपुरधाम: धनुषा प्रहरीले चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

जेठदेखि मंसिरसम्म जनकपुरलगायत जिल्लाका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका- ४ महावीरचोकका २२ वर्षीय अभिमन्यूकुमार साह, महोत्तरी औरही- ३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव र धनुषा औरही १ का २१ वर्षीय इलियाकत राइन छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरूविरुद्ध ९ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उनीहरूका साथबाट ५५ इन्च एलइडी टिभी, ल्यापटप, ६ वटा मोबाइल फोन, खुकुरी र गहनासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्