ताइवानलाई चीनमा मिल्न चिनिया राष्ट्रपतिको आग्रह



एजेन्सी : चीनका राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा मिल्न आग्रह गरेका छन् । ताइवान चीनको सम्बन्ध ४० वर्ष पुगेको अवसरमा सीले ताइवानलाई शान्तीपूर्ण रुपमा एक देश–दुई व्यवस्था प्रणाली अन्तर्गत एकतामा आउन आग्रह गरेका छन् ।

उनले चीन ताइवान एकता प्रक्रियाका लागि ताइवानका नागरिकले पहल गर्नुपर्ने पनि बताएका छन् ।

शान्तिपुर्ण तरिकाले चीनसँग मिल्न आग्रह गरेका सीले एकताका लागि सैन्य शक्ति प्रयोग गर्ने अधिकार सुरक्षित रहेको चेतावनी समेत दिएका छन् ।

 

चीनले ताइवानलाई आफ्नो स्वायत्त प्रान्त मान्दैआएको छ । ताइवानमा भने छुट्टै राज्यसत्ता छ । सन् १९५० देखि ताइवान स्वतन्त्र राष्ट्रको रुपमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्