मोबाइल पड्किने डरबाट मुक्त हुने केही उपाय



एजेन्सी : अचेल सबैको हात हातमा हुने साधन भनेको मोबाइलफोन हो । मानिसले चौबिसै घण्टा मोबाइल आफ्नो छेउमै राखेको हुन्छ ।

मोबाइल हेर्दै दिन सुरुगर्ने मानिस मोबाइल हेरेरै निदाउँछ । मोबाइलले जहाँ जीवन सजिलो बनाइदिएको छ त्यहीँ विभिन्न डर पनि पैदा गरेको छ । 

मोबाइल पड्किएर घाइते भएको, आगो लागेको जस्ता समाचारले मोबाइल प्रयोग गर्नेहरुको मनमा डर पैदा गरेको छ । मोबाइल पड्किएर गम्भीर घाइते हुनेसँगै ज्यान जाने सम्भावना पनि हुन्छ ।

मोबाइल पड्किनबाट बचाउन सकिने केही उपाय यस्ता छन् ।

१.सस्तो र डुप्लिकेट ब्याट्री प्रयोग नगर्नुस । मोबाइल पड्किने एउटा मुख्य कारण नक्कली ब्याट्रीको प्रयोग हो ।

 

२. नक्कली ब्याट्रीजस्तै सस्ता र नक्कली चार्जर पनि मोबाइल पड्किने कारण हुन् । नक्कली तथा सस्ता चार्जरले फोनको ब्याट्री अस्वाभाविक रुपमा चार्ज गर्दछ । जसले मोबाइलको सिस्टममा प्रभाव पार्दछ । त्यसैले मोबाइलको ब्रान्ड अनुसारकै चार्चरले मोबाइल चार्ज गर्नुपर्छ । मोबाइलको चार्जर आफूसँगै बोकेर हिँड्नुस ।

३. ब्याट्रीले पाउनुपर्ने भोल्टेजभन्दा बढी चार्ज गरियो भने फोन तातिएर पड्कन सक्छ । फोनलाई ओभर चार्ज गर्नुहुन्न । मानिसहरु रातभर मोबाइल चार्ज गर्छन् । यसले नराम्रो परिणाम निम्ताउन सक्छ ।

 

४. चार्जगर्दै फोन चलाउने गर्नाले समेत फोन पड्कन सक्छ । चार्ज गर्दै फोन चलाउँदा अधिकांश फोना तातिन्छ । 

 

५. भिजेको फोन चार्ज गर्नुहुँदैन । पानी र विद्युत मिल्दा मोबाइल पड्कने संभावना उच्च हुन्छ ।

६. ब्याट्री बिग्रीएको थाहा पाउनासाथ परिवर्तन गर्नुपर्छ । सुन्निएको ब्याट्री प्रयोग गर्नुहुँदैन ।

 

७. धेरै तापक्रम भएको स्थानमा फोनलाई राख्नु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्