चिसोपीडितलाई कम्बल 



विराटनगर : विराटनगरको सामुदायिक प्रहरी सेवा केन्द्र रानीले चिसोका कारण पीडित बनेकाहरूलाई बुधबार बिहान ७६ परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । 

विराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर परिसरमा कार्यक्रमको आयोजना गरेर ७६ थान कम्बल वितरण गरिएको हो । 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले कम्बल वितरण गर्दा लिन आउनेहरूको लाम लागेको थियो । रिजालले कम्बल वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बाले कम्बल उपलब्ध गराउने सबै दाताप्रति आभार व्यक्त गरे । कम्बल र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई सम्मानसमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्