सरकारी विद्यालयमा विद्युतीय हाजिरी



कैलाली : कञ्चनपुर जिल्लाको विकट क्षेत्र मानिने पुनर्वास नगरपालिका वडा नम्बर ११ को अमरबस्तीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको छ । 

पुनर्वास नगरपालिकाको सहयोगमा नगरभित्रका १३ वटा सरकारी माध्यमिक विद्यालय र नगर कार्यालयमा मंगलबार इलेक्ट्रोनिक हाजिरी मेसिन जडान गरिएपछि यसमार्फत हाजिरी सुरु गरिएको हो । 

विद्यालयमा शिक्षक समयमा उपस्थित नहुने र लामो समय विद्यालय नआएरै एकै दिन हाजिरी गर्ने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय हाजिरी मेसिन जडान गरिएको नगरप्रमुख जीवन थापाले जानकारी दिए । 

विद्युतीय हाजिरी मेसिन जडान भएसँगै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने र महिनाभरको हाजिरी एकै दिन गर्नेजस्ता अनियमित क्रियाकलाप अन्त्य हुने राष्ट्रिय माविका प्रधानाध्यापक नवराज पाण्डेले बताए । 

 

प्रतिक्रिया दिनुहोस्