घुससहित रंगेहात पक्राउ परेका डीएसीलाई सफाई



काठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धबाट घुस लिँदालिदैँ पक्राउ परेका डीएसपी श्यामकुमार राईले सफाई पाएका छन् । सोमबार काठमाडौं विशेष अदालतले उनलाई सफाई दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले डीएसपी राईलाई सफाई दिएका थिए ।

गत वर्ष कात्तिक २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको दाबी सहित राईविरुद्ध मुद्दा दर्ता गरेको थियो । उनलाई पक्राउ गरी राईले लिएको १ लाख ४० हजार बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

राईले एक सेवाग्राहीसँग टेलिभिजन आवश्यक परेको भन्दै खरिद गरेर भुक्तानी दिन दबाब दिएका थिए । उक्त सेवाग्राहीले भुक्तानी रकम १ लाख ४० हजारको भुक्तानी लिँदालिदैँ उनलाई आयोगको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्