हिउँले ढाकेको हुम्ला विमानस्थल (फोटोफिचर)



हुम्ला : केही दिनअघि देखिमौसम बदलि भएसँगै उच्च हिमाली क्षेत्र तथा पहाडी क्षेत्रमा हिमपात शुरु भएको छ । केही ठाउँमा परेको हिउँले मानिसलाई रमाईलो गराएपनि कुनै ठाउँमा परेको हिउँले मानिसलाई कष्ट बनाएको छ ।

Image result for humla airport in winter

यस्तै कष्टकर जीनव जिउन बाध्य भएका छन् उच्च हिमाली क्षेत्रका बासिन्दाहरु । नेपालको हिमाली भेगमा परेको उच्च हिमपातले हिमाली क्षेत्रको नदी,धारा देखि लिएर ताल तलैया पनि जम्न पुगको छ । जसले गर्दा उनीहरुको दैनिकी पनि निकै कष्टकर बनेको छ ।

This image has an empty alt attribute; its file name is himpat-humla-airport5.jpg

नेपालको उच्च हिमाली क्षेत्रमा यातायातको लागि खासै साधन छैन । यस्तै हुम्लामा रहेको विमानस्थलबाट जहाजबाटे दैनिक आउजाउ गर्नुपर्ने छ । तर विमानस्थलमा उच्च हिमपातका कारण हिउँ जमेर आउजाउ गर्ने यात्रुलाई सकस भएको छ । हुम्ला । गत मंसिर २६ गतेबाट लगातार परेको हिउँ हुम्ला विमान स्थलमा जमेपछि जिल्ला बाहिर जाने र आउने यात्रुलाई सकस भएको हो ।

This image has an empty alt attribute; its file name is humla-airport-himpat.jpg

आइतबारदेखि मौसम खुलेसँगै विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन सोमबार र मंगलबार सरकारी कर्मचारी, सुरक्षा निकाय, उद्योग बाणिज्य संघ तथा यएरलाइनसका कर्मचारीहरु लागिरहेका छन् । उनीहरुलाई अनिवार्य उपस्थितिको लागि ह्विप समेत जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हामलले बताएका छन् ।

Image result for humla airport in winter

त्यस्तै विमान स्थलमा हिउँ पन्छाउन संघिय सांसद छक्ब बहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष अध्यक्ष पदम बहादुर लामा लगायत सहभागी रहेका छन् ।

Image result for humla airport in winter

प्रतिक्रिया दिनुहोस्