मोडलिङमै करिअर देखेकी मनिषा (फोटोफिचर)



काठमाडौं : पछिल्लो समय मोडलिङ क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्दो छ । तर, यो क्षेत्रमा लागेका सबै सफल हुन्छन् भन्ने छैन, असफल पनि भएका छन् । चर्को प्रतिस्पर्धाबाट आफुलाई अब्बल बनाएकाहरु यो क्षेत्रमा आफुलाई स्थापित गराएका पनि छन् । त्यही भीडमा मोडलिङलाई आफ्नो क्यारियर बनाउने उदेश्य लिएर आएकी छन् मनिषा सापकोटा पनि ।

नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । काठमाडौ धुम्बाराहीको स्थायी बासिन्दा मनिषा सापकोटा विगत १ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन् । निकै हँसिली र शालीन स्वभावकी मनिषा १९ बर्षकी भइन् ।

केही म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेकी मनिषा राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न प्रयासरत छिन् ।

मनिषाले हाल केही टिभि एड तथा टेलिसिरियलहरुमा काम गरिरहेकी छिन् । फेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन् । मनिषा भन्छिन्, मोडलिङ पेशा एक मर्यादित र कलाकारिता देखाउने पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्