मेयर साहले गरे अञ्चल अस्पताल निरीक्षण



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर अञ्चल अस्पताल निरीक्षण गरेका छन् । बुधबार अञ्चल अस्पताल पुगेका मेयर साहले इमरजेन्सी सेवा, बच्चा वार्ड, एनआइसियू वार्डलगायत निरीक्षण गरे । 

जाडोका महिना भएकाले अहिले अञ्चल अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । ठूलो संख्यामा बिरामीको उपचार भुइँमै गर्न अस्पताल बाध्य रहेको छ । बिरामीको संख्यामा वृद्धि भए पनि बेड संख्या कम रहेको गुनासो मेयर साहसँग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले गरेका थिए ।

एनआइसियू सञ्चालन तथा अस्पतालको अवस्थाबारे मेयर साह र मेडिकल सुपरिटेन्डेन्ट यादवबीच छलफल भएको थियो । अस्पतालको सरसफाइ, औषधिको अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्