यातायात व्यवस्था कार्यालय धनगढी : भवन नयाँ, समस्या पुरानै



कैलाली : सेती अञ्चल यातायात व्यवस्था कार्यालय नयाँ भवनमा सरेको छ । अनि सेवा लिन आएका सर्वसाधारणले भोग्दै आएको समस्या पनि जस्ताकाे तस्तै छ 

अत्यधिक बढ्दै गएको सेवाग्राहीको चाप अनुसार पुरानो भवन अपुग भएको भन्दै नयाँ भवनमा सरेको यातायात व्यवस्था कार्यालय कर्मचारी अभावमा फेरि पुरानै समस्यामा अल्झिएको छ । काम लिएर आएका सेवाग्राही घण्टौँ कुर्नुपर्ने बाध्यतामा छन् ।

सवारी दर्ता, नवीकरणलगायत कामका लागि कार्यालय आउनेको संख्या बढे पनि आवश्यकताअनुसार कर्मचारी कार्यालयमा नभएका कारण सहजरुपमा सेवा दिन समस्या भएको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख बिसन सिंह थापाले बताए ।

समय समयमा कार्यालयका उपकरण बिग्रिने भएकाले पनि सेवाग्राही मर्कामा परेका हुन् । सवारी दर्ता प्रक्रिया लामो भए पनि कर्मचारी सीमित हुँदा समयमै सेवा लिन समस्या भएको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्