धनगढी विमानस्थल सुचारु



कैलाली : धावनमार्ग मर्मतका लागि बन्द गरिएको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनपछि सुचारु भएको छ ।

धावनमार्ग मर्मतको काम सकिएपछि विमानस्थल नियमित सुचारु भएको विमानस्थल प्रशासनले जनाएको हो । धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले मर्मत सकिएपछि बुधबारबाट पूर्ववत रूपमा उडान भइरहेको जानकारी दिए । 

उनका अनुसार विमानस्थलको कुल लम्बाइको दुई सय ५० मिटर धावनमार्ग मर्मत गरिएको छ । 

धनगढीमा काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई/दुई र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्दै आएका छन् । काठमाडौं–धनगढी–काठमाडौं रुटको हवाई उडानबाट दैनिक करिब सात सय जनाले सेवा पाइरहेका छन् ।

धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो ।

प्रतिक्रिया दिनुहोस्