आमा बनिन् १२ वर्षीया गंगामाया चेपाङ



काठमाडौं : मकवानपुर राक्सिराङकी १२ वर्षीया गंगामाया चेपाङ आमा बनेकी छिन् । दिउँसो करिब १ बजे काठमाडौंस्थित प्रसुतिगृहमा शल्यक्रियामार्फत् उनले छोरीलाई जन्म दिएकी हुन् । 

१२ वर्षमा गर्भवती भएकी गंगामायाबारे समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले चासो देखाउँदै उद्दारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएका थिए ।

त्यसपछि उनलाई मकवानपुरबाट मंसिर ५ गते काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्