पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले बुधबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ घटाएको जनाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल अब १ सय ८ रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ थियो । 

यस्तै डिजेल र मट्टितेल समान ९५ रुपैयाँमा बिक्री वितरण हुनेछ । खाना पकाउने ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकोले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्