रुसमा भएको विस्फोटमा १४ जनाको मृत्यु



मस्को : मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परि कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

पूर्वी मस्कोबाट करिब १ हजार ७ सय किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ । 

सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुसल उद्धार गरिएको छ। उद्धार गरिएका सो व्यक्तिहरूमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवाशीय भवनमा क्षति नभएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । 

करिब ११ सय व्यक्तिको बसोबास रहेको यस आवासीय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरू ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ ।

यस विस्फोटबाट नयाँ वर्षकाे दिन दर्जनौंको सङ्ख्यामा मानिसहरु घरबारबिहीन भएका छन् । 

प्रतिक्रिया दिनुहोस्