ओलीले गरे पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कारवाहीको संकेत



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली वाइडवढी विमान खरिद अनियमितता प्रकरणमा गहिराईसम्म पुगेर छानविन गर्ने निष्कर्षमा पुगेका छन्।

 

बहालवाला पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानविन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन्।

 

‘मन्त्रीपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै रहेन,’ ओलीका एकजना सल्लाहकारले भने, ‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस्, त्यसरी छानविन गरेर जो जो दोषी ठहरिन्छन्, उनीहरुालई कडा कारबाही गर्ने पक्षमा हुनुहुन्छ।’

 

प्रधानमन्त्री ओलीले वाइडवडी प्रकरणमा केन्द्रीत रहेर बिहीबार संघीय संसद्को बैठकलाई संवोधन गर्ने तयारीमा रहेको खबर नयाँ पत्रिका दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्