अल्कोहलले स्वास्थ्यलाई यसरी गर्छ हानी



काठमाडौं: अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ। एउटा अध्ययन अनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका किटाणुबाट संक्रमित हुने गरेको खबर नयाँ पत्रिका दैनिकमा छ। अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ।

 

नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक हुन्छ ।

 

अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको छ। अल्कोहल बढी सेवन गर्ने मानिसमा उच्च रक्तचाप, मधुमेह, मुटु रोगको जोखिम वढी हुन्छ।

 

केही मात्रामा अल्कोहल सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम छ। तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निन्द्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ।

प्रतिक्रिया दिनुहोस्