राणाले जोशीको पेसी खोस्दै भने-उहाँले निकास दिनुपर्छ



काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन्।

 

मुलुकको २९ औं प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोके। तर, उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न नदिएका खबर नागरिक दैनिकमा छ।

 

राणाले दीपकराज जोशीले निकास दिनुपर्ने भन्दै अबदेखि उनलाई पेसी नतोकिने बताएका छन्।गत साउनमा संसदीय विशेष सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।

 

प्रधानन्यायाधीश राणाले आइतबार सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश भएमा संसद्को गरिमा राख्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्