कर्मचारीको कुरा मिल्यो, ट्रेड युनियनले समायोजनका लागि आह्वान गर्ने



काठमाडौं : कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउँदै आइरहेको निजामतिको आधिकारिक ट्रेड युनियन र सरकारबीच नैबुँदे सहमति भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी र युनियनका पदाधीकारीबीच दुई दिनदेखि जारी वार्ता बुधबार सहमतिमा टुंगिएको हो । 

कर्मचारी सम्बद्ध सबै युनियनको प्रतिनिधत्व गरेर वार्तामा बसेको आधिकारिक ट्रेड युनियन र सरकार बीच नौ बुँदे सहमति भएपछि कर्मचारीका आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ ।  सरकारसँग भएको सहमतिअनुसार अब सबै कर्मचारीले सरकारले समायोजन प्रक्रियालाई सहयोग गर्नुपर्नेछ । 

सोहीअनुसार आधिकारिक ट्रेड युनियनले सबै कर्मचारीलाई समायोजन प्रक्रियामा सहभागी हुन आह्वान गर्ने तथा हेल्प डेक्ससमेत स्थापना गरी समायोजन कार्यमा सहयोग, सहजीकरण र समन्वय गर्ने सहमति भएको छ ।  

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा आउने बढुवाका लागि सबै अधिकार खुला गर्नेलगायत कर्मचारी हितका विषयमा सरकारले नौबुँदे प्रतिबद्धता जनाएको सहमति गरिएको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोख्रेलले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्