डा. केसीको अनशन सात दिन स्थगित



इलाम: चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ अनशन बस्न इलाम आएका प्रा.डा. गोविन्द केसीले आफ्नो अनशन सात दिनका लागि स्थगित गरेका छन्। तर, यसबीचमा चलखेल भएमा कुनै पनि वेला अनशन सुरु गर्ने केसीको चेतावनी छ ।

 

अनशनकै लागि इलाम आएका डा. केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय शिक्षा तथा स्वास्थ्य समितिको आग्रहअनुसार २५  पुससम्मका लागि अनशन स्थगित गरेका हुन् । २० पुसमा लगानी सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली इलाम आउने कार्यक्रम रहेको नयाँपत्रिकामा खवर छ ।

 

मंगलबार इलाम आएका डा. केसीले बुधबार इलाममा १६औं अनशन बस्ने तयारी गरेर स्थल खोजी गरेका थिए । जुम्लामा २७ दिन अनशन बसेका वेला डा. केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज खोल्न माग राखेको विज्ञप्तिमा उल्लेख । राजधानीबाहिरका जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नै माग रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्