सूर्य अस्त, धरान मस्त !



काठमाडौं: जब सूर्य मुर्झाउँदै जान्छ, स्टाइलिस्ट सहर धरानको पुतलीलाईन अनि बगरकोटका डिस्को, बार, लाउन्जर पबमा चहलपहल शुरु हुन्छ।

 

जति रात छिप्पिँदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ धरानमा । लाहुरे शहरको रुपमा चिनिने धरान मस्तीमा अगाडि देखिन्छ। स्वतन्त्र विचारका युवापुस्ता विन्दास छन् यहाँ। रात्री मस्तीमा काठमाडौंलाई आच्छुआच्छु पार्नसक्ने ल्याकत पूर्वमा यो सहरसँग मात्र छ।

 

हरेक साँझ रेस्टुराँ, पब, लाउन्ज र रकबारमा मस्त देखिन्छन् धराने युवा। कालो बंगुरको बार्बिक्युमा चुस्स मदिराको स्वादमा रमिरहन्छन् उनीहरु। त्यसमा पनि चिसो मौसममा झन् मातिन्छ धरान। आजको शुक्रबार साप्ताहिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्