नयाँ वर्षमा जापानका सम्राटको भावपूर्ण सम्बोधन



टोकियो: जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौ शुभचिन्तकलाई सम्बोधन गरे ।

 

बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजकीय भवनअगाडी भेला भएका राजदवार कार्यलयले जानकारी दिएको छ ।

 

पचासी वर्षीय सम्राटले अन्तिम पटक दिएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नको लागि अझ कैयौ व्यक्तिको आगमन भइरहेको सो स्रोतले जानकारी दिएको छ ।

 

जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुन् । उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन् ।

 

‘तपाइसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशि छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने ।

प्रतिक्रिया दिनुहोस्