वाइडबडीबारे बाबुराम: नैतिकता हुनेले राजीनामा, नहुनेलाई गलहत्याउनुपर्छ



काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिदमा अनियमिततामा संलग्न भएकाहरुलाई नैतिकताका आधारमा राजीनामा गर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’

 

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ । सर्वसाधारणले समेत यो प्रकरणलाई निकै चासोका साथ हेरेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा आम चासो बढ्दै गएको छ ।

 

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दै भट्टराईले  लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, त्यसपछि त….’

प्रतिक्रिया दिनुहोस्