नेपालबाट भारतमा अशान्ति छिरेको भारतीय गृहमन्त्रीको दाबी



एजेन्सी : भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालबाट भारमा अशान्ति छिरेको बताएका छन् ।

बिहिबार भारतीय सशस्त्र सीमा सुरक्षा बलको ५६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले खुला सीमाबाट भारतमा अशान्ति छिरेको दाबी गरेका हुन् ।

उनले नेपाल र भुटानतर्फ इङ्गित गर्दै सीमा प्रयोग गरी भारत छिरेका केही तत्वले भारतमा अशान्ति मच्चाउन खोजेको आरोप लगाए । उनले नेपाल र भुटानसँग सौहार्दपूर्ण सम्बन्ध चोहेको पनि उल्लेख गरे ।

कार्यक्रममा गृहमन्त्री शाहले एसएसबीले भारतको सीमालाई सुरक्षा दिएको भन्दै प्रशंसासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्