दुईटा बाउ बनाएर दोहोरो नागरिकता लिने महिला पक्राउ



सुनसरी : झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार मोरङ विराटनगर महानगरपालिका-६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सुनसरी पठाएको हो ।

 

पुस १२ गते विराटनगरबाट पक्राउ परेकी उनलाई अनुसन्धानका लागि सुनसरी ल्याइएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए ।

 

दाहालले २०४४ चैत १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र फेरि बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ जेठ १६ गते अर्को नागरिकता लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्