बुर्किना फासोमा भड्किएको जातिय हिंसामा १३ को मृत्यु



एजेन्सी : अफ्रिकी मुलुक बुर्किना फासोमा भड्किएको जातिय हिंसामा १३ सर्वसाधारणको मृत्यु भएको छ ।

छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा त्यसको प्रभाव बुर्किना फासोमा पनि देखिएको अधिकारीहरुको भनाइ छ ।

मोटरबाइकमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैको प्रतिशोधमा सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्तालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिए ।

मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै बुर्किना फासोको सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्