चीनको यान चन्द्रमामा अवतरण



एजेन्सी : चीनले चन्द्रमामा पठाएको अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको छ । चन्द्रमाको अध्ययन नभएको क्षेत्रका लागि चीनले आफ्नो रोबर्टिक अन्तरिक्ष यान  पठाएको हो । 

नेपाली समय अनुसार बिहान ८ बजेर ११ मिनेटमा चाङ्ग–४ नाम गरेको यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । 

यानमा चन्द्रमाको सो क्षेत्रको भूगर्भबारे अध्ययन गर्ने र बायोलोजिकल अनुसन्धानका लागि आवश्यक पर्ने उपकरण पनि छन् ।

 

प्रतिक्रिया दिनुहोस्