प्रहरीद्वारा हजारौं लिटर मदिरा नष्ट



काठमाडाैं : महानगरीय प्रहरी वृत्त बौद्धले हजारौं लिटर मदिरा नष्ट गरेको छ ।

अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा बिहीबार छापा मारी मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा दुर्घटना र अराजक गतिविधि निम्त्याउने हुनाले प्रहरीले अवैध मदिरा नष्ट गरेको हो । 

प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौं महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको छ ।

छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटरभन्दा बढी मदिरा नष्ट गरेको प्रहरीले बताएको छ । 

प्रहरीले नियन्त्रणमा लिएको मदिरा विषालु र हानिकारक रहेको समेत बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्