सांसद चौधरीको सपथग्रहण कार्यक्रम सर्यो



काठमाडौं : कैलाली क्षेत्र नं. १ का सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम सरेको छ । बिहीबार बिहान ११ बजे भनिएको सपथग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरी समयमा नआइपुगेकाले सपथको समय सार्नु परेको संसद सचिवालयले बताएको छ । 

कैलालीको टीकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार मानिएका चौधरीलाई डिल्लीबजार कारागारबाट संसद भवन लैजान ढिलाई भएकालेसपथ ग्रहणको समय सारिएको हो ।

चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ दिनेछन् । चौधरी सांसदमा निर्वाचित भएको एक वर्षपछि मात्र पदको सपथ लिँदैछन् ।

यसअघि राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चौधरीले अहिलेसम्म सपथ नलिएको भन्दै प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्