मिस इकलेज २०१९ को आवेदन खुल्ला, आवेदन दिने मिति माघ तेस्रो सातासम्म



काठमाडौं : मिस ‘मिस इकलेज २०१९’ का लागि आवेदन फारम खुल्ला गरिएको छ ।

सिजन मिडियाले ‘मिस इकलेज २०१९’ का लागि आवेदन फारम खुल्ला गरेको हो । उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २४ वर्ष सम्मका छात्राले यस प्रतियोगितामा भाग लिन पाउँछन् ।

प्रतियोगितका लागि माघ तेस्रो सातासम्म आवेदन दिन सकिनेछ । आवेदन सिजन मिडियाको पुतलीसडकस्थित कार्यालय दिन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजनाको उद्देश्य कलेजका युवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाका लागि अवसर, नेतृत्वदायी क्षमताको विकासलगायत रहेको आयोजकले जनाएको छ । 

यस सिजनको नारा ‘स्टुडेन्ट पर्सनालीटी एजुकेसन एण्ड ब्युटी’ रहेको छ । 

प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा फागुनको अन्तिम साता काठमाडौंमा हुने आयोजकले बताएको  छ ।

प्रतियोगीताको बिजेताले ‘मिस ईकलेज २०१९’कोे ताजसँगै सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाका लागि अस्ट्रेलियको छात्रावृत्ति पाउने आयोजकले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्