सांसदद्वारा बमजनमाथि कारवाहीको माग



काठमाडौं : सांसदहरुले बलात्कार, हत्या तथा यौनहिंसाका आरोप लागेका रामबहादुर बमजनमाथि छानबीन गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको संसद बैठकमा सांसदहरुले तपस्वी भनिएका बमजनमाथि अनुसन्धान गर्नुपर्ने र दोषी देखिएमा कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

सत्तारूढ दलकी सांसद विमला विकले बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसमक्ष माग गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्