सलमानको भन्दा अक्षय र विराटको कमाइ धेरै



एजेन्सी : भारतीय फोब्र्सले २०१९ मा सबैभन्दा धेरै कमाइ गर्ने कलाकारको नाम सार्वजनिक गरेको छ । फोब्र्सले कमाइका आधारमा भारतका १०० कलाकारको नाम सार्वजनिक गरेको छ ।

गत वर्षकाभन्दा यो वर्ष यो सूची फरक पाइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यो सूचीमा सबैभन्दा पहिलो स्थानमा क्रिकेट खेलाडी विराट कोहली पर्न सफल भएका छन् । उनले भारतका दिग्गज कलाकार सलमान, शाहरुखलाई पनि पछि पारेका छन् ।

जारी सूचीअनुसार सबैभन्दा धेरै कमाइ गर्ने मध्ये १० जनामा विराट कोहली, अक्षय कुमार र सलमान खानको नाम तेस्रो स्थानमा आएको छ ।

विराटको २०१९ भरीको कमाइ २५२.७२ करोड रहेको छ । उनी २०१८ को आईसीसी खेलमा ‘क्रिकेटर अफ द इयर’ चुनिएका थिए ।

विराटपछि अक्षयको कमाइ २९३.२५ छ भने सलमान खानको २२९.२५ रहेको छ ।

यसैगरी, अमिताभ बच्चनको २३९.२५, महेन्द्र सिंह धोनीको १३५.९३, शाहरुख खानको १२४.३८, रणवीर सिंहको ११८.२ करोड, आलिया भट्टको ५९.२१ करोड, सचिन तेन्दुलकरको ७६.९६ करोड र दीपिका पादुकोणको ४८ करोड रुपैयाँ रहेको भारतीय फोब्र्सले जारी गरेको सूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्