शितहरबाट मधेसका जनतालाई जोगाउन सांसदको माग



काठमाडौं : प्रतिनिधिसभा सांसद रानी मण्डलले मधेसमा शितलहर सुरु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मण्डलले मधेसका जनता चिसोबाट प्रभावित भएकाले सरकारलाई राहतको व्यवस्था गर्न आग्रह गरिन् । उनले मधेसका गरिब जनतालाई शितलहरको कहरबाट बचाउन सरकारले कपडा र आगोको व्यवस्था गरिदिन माग गरेकी छन् । 

सांसद मण्डलले मधेसमा गहुँ बालीको लागि मलखादको व्यवस्था गर्न पनि माग गरिन् । उनले सरकारले दिने गरेको मलखादमा सरकारी अधिकारीको मिलेमतोमा कालोबजारी हुने आरोप समेत लगाइन् ।

 

प्रतिक्रिया दिनुहोस्