प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन नगर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने बताइएको थियो । तर अन्तिम समयमा कार्यव्यस्ततालाई कारण देखाउँदै प्रधानमन्त्रीको सम्बोधन स्थिगित गरिएको हो । 

प्रधानमन्त्रीले आउँदो आइतबार संसदमा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

वाइड बडी काण्डबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले संसद बैठकमा हुने सम्बोधनको क्रममा  बोल्ने अपेक्षा थियो । 

बहालवाल मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री र सचिव, पूर्व सचिव तथा वायु सेवा निगमका नेतृत्व तहका व्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न भएको भन्दै कारवाहीका लागि सिफारिस भएको अवस्थामा प्रधानमन्त्रीले सम्बोधनमार्फत यसबारे जानकारी गराउने अपेक्षा गरिएको थियो ।  

संसद बैठकमा बोल्ने अधिकांश सांसदले वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारबारे सरकारको जवाफ मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्